देउसी भैलो खेल्दा ‘मकैका झुत्ता’ दक्षिणा
पाेखरा | कात्तिक ८, २०७९
पोखरा : तिहारमा देउसी भैलो, शहर होस् या गाउँ, विभिन्न उमेर समूहका देउसी भैलोले चोक र घरका आँगनी खाली छैनन् ।
तिहारको पहिलो दिनदेखि नै पोखराको विभिन्न चोक तथा घरहरुमा दिनानुदिन देउसी भैलो खेल्न आउँछन् । त्यही देउसी भैलोका समूहमा भेटिए पर्वतका ६८ वर्षीय कान्छा गुरुङ ।
पोखराको पृथ्वीचोकमा एक समूह देउसी भैलोको ब्यानरसहित नाचिरहेका थिए । यही मेसोमा उनले मुस्कुराउँदै सुनाए ‘उमेर अनुसार समय पनि परिवर्तन भएछ, मादलको तालमा नाच्ने हामीहरु । रेकर्ड गरेका गीतमा देउसी भैलो खेल्ने अचेलका युवाहरु ।’
कान्छा गुरुङ पोखरा बसाईसराई गरेको ४० वर्ष भयो । देउसी भैलो रिपोर्टिङकाक्रममा भेटिएका उनले अहिलेको देउसी भैलोको भन्दा आफ्नो पालाका देउसी भैलो फरक रहेको बताए ।
‘हाम्रो पालामा यस्तो साउण्डसिस्टम थिएन’, उनले भने, ‘मादल दम्फु, खैजडीको तालमा देउसी रे, भैलो भन्दै खेल्थ्यौं । अचेल साथीहरु कहाँ होलान् ? बसाईसराईले गाउँमा भैलो खेल्ने मान्छे होला कि नहोला, त्यो दिनको झल्को आँखामा घुम्छन् ।’
उनले देउसी भैलो खेलेवापत आफुहरुलाई दानस्वरुप नगद हुनेले नगद, नहुनेले मकैको झुत्ता दक्षिणास्वरुप पाएको सुनाए ।
‘अहिले जस्तो देउसी भैलोमा दानमा नगद नै दिनुपर्छ भन्ने थिएन, हाम्रो पालामा नगद हुनेले नगद दिन्थे नहुनेले मकैको झुत्ता, अहिले जस्तो पैसा सबैको साथ थिएन, जे दिए पनि हामी खुशी हुन्थ्यौं’ कान्छा गुरुङले भने ।
पृथ्वीचोकमा पिपलको रुखको आड लगाएर देउसी भैलो हेरिरहेका उनले दिनभर खेतीपाती र गोठको धन्दा सकाएर मात्र आफुहरु देउसी भैलो खेलेको अनुुभव सुनाए ।
‘अहिले जस्तो समय थिएन दिनभर खेतीपाती गथ्थौं, वस्तुभाउलाई २ दिन पुग्ने घाँस काटे मात्र देउसी भैलो खेल्नी समय पाइथ्यो’ उनले भने, ‘समय अनुसार देउसी भैलो खेल्ने समय पनि परिवर्तन भएछ ।’
यता जिल्ला प्रशासन कार्यालय कास्कीले भने सुरक्षाको कारण देखाउँदै बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

